इटहरी । बलात्कार आरोपमा पक्राउ परेका कृष्णबहादुर गिर ‘सिद्धबाबा’ तीन लाख धरौटीमा रिहा हुने भएका छन् ।
सोमबार जिल्ला अदालतलमा भएको थुनछेक बहस सक्किएपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासबाट गिरीलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । आइतबारदेखि चलेको थुनछेक बहसमा बादीकोतर्फबाट ८ जना र प्रतिवादीको तर्फबाट ६ जना अधिवक्ताले बहस गरेका थिए । दुवै पक्षको बहसपछि अदालतबाट यस्तो आदेश भएको थियो । बहसमा सहभागी सबै वकिलले कृष्णदासले अनुयायी महिलामाथि बलात्कार गरेको बताउँदै त्यसलाई पुष्टि हुने यथोचित प्रमाण भएकाले कानुन अनुसार १० वर्षसम्मको जेल सजाय माग गरेका थिए ।
कृष्णदास पक्षका ५ जना वकिलमध्ये २ जनाले आइतवार बहस गरेका थिए । उनीहरुले कृष्णदासलाई फसाउने षड्यन्त्र भएको भन्दै कृष्णदासको बचाऊ गरेका थिए । कृष्णदासको तर्फबाट सोमबार बाँकी २ जना वकिलले बहस गरेपछि अदालतबाट यस्तो आदेश आएको हो । पीडित महिलाहरुको तर्फबाट सरकारी वकिल गोकुलबहादुर निरौला, अन्नत न्यौपाने, अनिल रेग्मी, नवराज बिष्ट र रेणुका राईले बहस गरेका थिए । पीडकको तर्फबाट अधिवक्ता सरोज गिरीसहित दुईजनाले बहस गरेका थिए ।





