झापा । संघीय सांसद सुरेन्द्रकुमार कार्कीले देश विकासको लागि शिक्षा पहिलो पूर्वाधार भएको बताएका छन् ।
जताततै सडक बनाउनु, खानेपानीको लाईन बिस्तार गर्नु र विद्युत बिस्तार गरेर मात्र देशको विकास नहुने भन्दैं उनले हरेकले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । सोमबार काँकरभिट्टा बहुमुमुखी क्याम्पसको २१ औँ स्थापना दिवस तथा वार्षिकोत्सवको उद्घाटन गदैं सांसद् कार्कीले शैक्षिक संस्थालाई गुणस्तरीय बनाउन ‘स्टान्डर एजुकेशन’को आवश्यकता औल्याए ।
सुविधा सम्पन्न भवन, आर्कषक पोशाकले मात्र शिक्षाको गुणस्तर नसुध्रिने भन्दैं उनले शैक्षिक संस्थालाई कस्तो बनाउने हरेक शिक्षकमा भर पर्ने भएको हुँदा आधारभूत रुपमा शिक्षकमा निर्भर हुने विचार राखे । हरेक शैक्षिक संस्थामा शैक्षिक गतिविधि हुन जरुरी रहेको तथा प्राविधिक शिक्षाको खाँचो उनले औल्याए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्यहरु श्रीप्रसाद मैनाली, राधा थापा, मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, शिक्षासेवी बुद्घिनाथ पौडेल दाताकातर्फबाट धर्मकुमार गुरागाईँ काँकरभिट्टा खानेपानी उपभोक्ता सरसफाई संस्थाका अध्यक्ष हर्क फियाकलगायतले बोलेका थिए ।





