काठमाडौंबाट विप्लव समूहका १५ जना पक्राउ


१३ पुष २०७६, आईतवार १६:५९ मा प्रकाशित

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्ग बाट नेत्रविक्रम चन्द विप्लव समूहका एक दर्जन बढी कार्यकर्ता पक्राउ परेका छन् ।

प्रहरीले आइतवार(आज) दिउँसो प्रदर्शनीमार्गबाट १५ जनालाई नियन्त्रणमा लिएको हो । विप्लव समूह निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सीमा अतिक्रमण विरुद्ध गर्न लागेको प्रदर्शन पूर्व प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई प्रहरीले पुलिस क्लबमा राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here