अदालतबाट कैद सजाय पाई फरार भएका प्रतिवादीहरु धमाधम पक्राउ


१३ पुष २०७६, आईतवार १५:३८ मा प्रकाशित

चितवन । सिमरा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद सजाय पाई फरार भएका प्रतिवादीहरुलाई धमाधम पक्राउ गरिरहेको छ ।

ईलाका प्रहरी कार्यालय सिमराका अनुसार बाँके जिल्ला घर भई जीतपुर सिमरा उपमहानगरपालिका ३ बस्ने ३५ बर्षीय किरण सोनारलाई जबरजस्ती करणी गर्ने भारत बिहार घर भई हाल नन्दन घ्यु उद्योग प्रालिमा काम गर्ने ३५ वर्षीय राम किशोर मलाहलाई पुर्पक्षका लागी थुनामा पठाइएको छ ।

त्यस्तै, जीतपुर सिमरा उपमहानगरपालिका ७ बस्ने १६ वर्षीय रुपसना खातुन झुन्डिएर भएको मृत्यु प्रकरणमा भारत बिहार मोतिहारी बस्ने साहिल आलमलाई पक्राउ गरिएको छ । त्यस्तै, बारा परवानीपुर गाउँपालिका ४ एन एस ईट्टा र नारायणी आयल रिफाइनरीमा बम बिस्फोट गराउने ४ जनालाई अपराधीक लाभ मुद्दामा पक्राउ गरेर अनुसन्धान प्रक्रियालाई अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

२५ लाख रुपैयाँ लोटरी परेको छ भनी ४ लाख ६६ हजार भन्दा बढी ठगी गर्ने दुई जना पक्राउ गरेको प्रहरीले लागू औषध चरेस तीस ग्राम सहित तीन जना र सोही कसुरमा अन्य ६ जना गरी ९ जनालाई एक थान मोटरसाइकल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । सामुदायीक साझेदारी कार्यक्रम अन्तर्गत ३८ र सफल अनुसन्धान भएको जधन्य मुद्दामा २७ वटालाई समेत आफुहरुले सफलता पाएको दाबी प्रहरीले गरेको छ ।

प्रहरी प्रमुख (डिएसपी) गोबिन्द पुरीका अनुसार विभिन्न मुद्दामा अदालतबाट कैद सजाय पाई फरार भएका २४ जना प्रतिवादीलाई पक्राउ गर्न सफल भएको जनाएको हो । पक्राउ परेका सबैलाई जिल्ला अदालत बारामा प्रस्तुत गरेकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय पर्सामा पठाइएको सिमरा प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here