पछिल्लो समय अज्ञात समूहको नाममा विष्फोटका घटना बढे


११ पुष २०७६, शुक्रबार १७:०६ मा प्रकाशित

संखुवासभा । संखुवासभा, भोजपुर, खोटाङ लगायत प्रदेश १ का विभिन्न स्थानीय तहमा पछिल्लो समय अज्ञात समूहको नाममा बम विस्फोट, आगजनी र तोडफोड गर्ने क्रम बढेको छ ।

प्रहरीले यसको गहन रुपमा अनुसन्धान गरेको भनिए पनि अझै दोषी पत्ता लगाउन सकेको छैन । मंसिर २५ मा संखुवासभाको मादी नगरपालिका ५ को वडा भवनमा अज्ञात समूहले आगजनी ग¥यो । यही समूहले सोही दिन सडक निर्माणमा रहेको एक्साभेटर पनि आगो लगाएर पूर्ण रुपमा क्षति पु¥यायो । केही दिनअघि संखुवासभाकै पाँचखपन नगरपालिकाको गाडी तोडफोड भयो । मंसिर २४ गते भोजपुरको रामप्रसाद राई गाउँपालिकाको २ नम्बर वडा र पौवादुङ्मा गाउँपालिकाको ३ नम्बर वडा कार्यालय आगजनी भयो ।

मंसिर २२ मा खोटाङको रावाबेंसी गाउँपालिकाका प्रमुखले प्रयोग गर्दै आएको गाडीमा आगजनी भयो । यी सबै घटना अज्ञात समूहका नाममा घटे । तर, प्रहरीले अनुसन्धान थालेपनि घटना घटाउने समूह नेत्रविक्रम चन्दका कार्यकर्ता भएको आशंका मात्र गरिएको छ । यी घटनामा मात्रै करिब २ करोड रुपैयाँभन्दा बढीको क्षति भएको स्थानीय तहले अनुमान गरेका छन् । घटनाघटेको स्थान भौगोलिक हिसाबले सदरमुकामभन्दा निक्कै टाढा भएकाले समयमै प्रहरी पुग्न सक्दैन । जसका कारण अनुसन्धान फितलो हुनेगरेको जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्य बताउँछन् ।

विभिन्न समयमा भएका बम विष्फोट र आगजनीका घटनाको जिम्मेवारी भने कसैले लिएको छैन । न त घटनामा संलग्नलाई पहिचान गरेर प्रहरीले पक्राउ गर्न सक्यो । धेरै लामो अनुसन्धान गरिए पनि अहिलेसम्म घटनामा संलग्नको पहिचान गर्न नसक्नुले घटना झनै रहस्यमय बन्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here