‘अन्तराष्ट्रिय साहित्य महोत्सव’ काठमाडौंमा सुरु


११ पुष २०७६, शुक्रबार १६:१८ मा प्रकाशित

काठमाडौँ । ‘अन्तराष्ट्रिय साहित्य महोत्सव’ काठमाडौंमा सुरु भएको छ ।

नेशनल कलेजको आयोजनामा महोत्सव शुक्रबारबाट सुरु भएको हो । ३ दिनसम्म चल्ने महोत्सवको नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले उद्घाटन गरे । ३ दिने महोत्सवमा २ दिन एकेडेमीक र अन्तिम दिन अन्तराष्ट्रिय पाहुनालाई काठमाडौं, ललितपुर तथा भक्तपुरका ऐतिहासिक र सांस्कृतिक धरोहर भ्रमण गराउने तयारी रहेको महोत्सवका संयोजक भिष्म सुवेदीले बताए । पहिलो दिन मुख्य वक्ताहरूबाट प्रस्तुति सँगै ‘एक्सप्रलोरिङ एसिया’ अन्तर्गत स्वदेशी तथा विदेशी साहित्यकारहरूद्वारा आ–आफ्नो कविताको केही अंश वाचन गरिएको थियो ।

काठमाडौं बाहिर साहित्य महोत्सव भइरहे पनि काठमाडौंमा भने लामोसमयदेखि साहित्य महोत्सवको आयोजना नभएका कारण यो महोत्सव आयोजना गरेको आयोजकले जनाएको छ । महोत्सवमा नेपाल लगायत भारत, बंगलादेश, श्रिलंका, कोरिया, अस्ट्रेलिया, कम्बोडिया, हङकङ अमेरिकाका साहित्यकारहरूको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here