रोटरी क्लब अफ बिर्तामोडद्वारा ४४ लाख बराबरको अल्ट्रासाउण्ड मेशिन प्रदान


११ पुष २०७६, शुक्रबार १७:३८ मा प्रकाशित

झापा । महिलाहरुको प्रजनन स्वास्थ्यलाई ध्यानमा राखेर रोटरी क्लब अफ बिर्तामोडले यस वर्षको ‘ग्लोबल ग्रान्ट प्रोजेक्ट’ कार्यक्रम अन्र्तगत दुई थान अल्ट्रासाउण्ड मेशिन प्रदान गरेको छ ।

आज झापाको चन्द्रगढि स्थित परिवार नियोजन संघको सभाहलमा आयोजित एक कार्यक्रमका बिच संस्थाले ४४ लाख ४६ हजार रुपैयाँ बराबरको २ थान अल्ट्रासाउण्ड मेशिन प्रदान गरेको हो । मेशिनले महिलाहरुको प्रजनन स्वास्थ्य गाउँ तथा घरमै परिक्षण गर्न सकिनेछ ।

अस्पतालसम्म आउन नसक्ने तथा विपन्न परिवारका महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर मेशिन हस्तान्तरण गरिएको रोटरी क्लब अफ बिर्तामोडकी अध्यक्ष निकिता गिरीले जानकारी दिइन् । संघलाई मेशिन उपलब्ध गराउन रोटरियन केदार गिरीले १० हजार डलर सहयोग गरेका छन् भने नेदरल्याण्डको हिन्स्टेड बेनब्रुक रोटरी, रोटरी डिस्ट्रिक्ट ३२९२ र बिर्तामोडका रोटरियनहरुले पनि आर्थिक सहयोग गरेको रोटरी रोटरियन अमोद आचार्यले बताए । महिलाहरुको प्रजनन स्वास्थ्यका बारेमा गाउँघरमै लगेर यस अल्ट्रासाउण्ड मेशिनले परिक्षण गर्न सकिने भएकाले उपयोगि भएको उनको भनाई छ ।

कार्यक्रममा रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष टिकाराज ढकाल, संघका पूर्व सभापति दिपेन्द्र ढकाल, बिर्तामोड रोटरीका बोर्ड अफ डिरेक्टर प्रकाश शिवाकोटी, परिवार नियोजन संघ झापाका अध्यक्ष केदार गिरी लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here