काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित डायलासिसको लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
बिहान १०ः३० बजे अस्पताल पुगेका प्रधानमन्त्री ओली अहिले पनि अस्पतालमै रहेको अस्पताल स्रोतले जनाएको छ । यसअघि मनमोहनमा एपेन्डीसाइटीसको शल्यक्रिया गरेर फर्केका प्रधानमन्त्री ओलीको पछिल्लो समय मिर्गौलाको काम गर्ने क्षमता कम भएपछि नियमित डायलासिस गराउँदै आएका छन् ।
यसअघि मनमोहन कार्डियो थेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र ग्राण्डी अस्पतालमा डायलासिस गर्दै आएका थिए । प्रधानमन्त्री ओलीको यो ११ औँ पटकको डायलासिस हो ।





