काठमाडौं । पूर्वसचिव शान्तबहादुर श्रेष्ठको ५९ वर्षका उमेरमा निधन भएको छ ।
निमोनियाको उपचारका क्रममा आज बिहान ८ बजे त्रिबि शिक्षण अस्पताल महाराजगञ्जमा श्रेष्ठको निधन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । २०४९ सालमा शाखा अधिकृतबाट निजामति सेवामा प्रवेश गरेका श्रेष्ठले स्वास्थ्य सचिव, स्थानीय विकास सचिव र शिक्षा सचिवको रुपमा पाँच वर्ष काम गरेका थिए ।
श्रेष्ठलाई निमोनिया भएपछि नागरिक अस्पतामा भर्ना गरिएको र उनलाई हिजो मात्रै शिक्षण अस्पताल लगिएको प्रवक्ता श्रेष्ठले बताए । सरकारी सेवामा रहँदा इमानदार र कर्मनिष्ट कर्मचारीको रुपमा चिनिएका श्रेष्ठ बालकोट निवासी हुन् । उनका एक छोरा र तिन छोरी छन् ।





