झापा । सूर्योदय टेलिभिजनकी प्रबन्ध निर्देशक बिष्णु मैनाली उप्रेती सम्मानीत हुनुभएको छ ।
आज झापाको कनकाई नगरपालिका–१ जामुनबारीमा भएको मैनाली समाज नेपाल जिल्ला कार्य समिति झापाको छेटौं साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनको अवसरमा संस्थाले सम्मान गरेको हो । सञ्चार क्षेत्रमा रहेर उकृष्ट काम गरिरहेको भन्दै संस्थाले उहाँलाई सम्मान गरेको हो । संस्थाले हरेक वर्ष उकृष्ट छोरी, बुहारी, विद्यार्थी तथा जेष्ठ नागरिकहरु र एकजना सामाजिक व्यत्तित्वलाई सम्मान गर्दै आएको छ ।

सोहि अनुसार कार्यक्रममा यस वर्ष एसईई परिक्षामा उत्कृष्ट नतिजा लयाउने ११ जना र सर्वोउत्कृष्ट ४ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । त्यस्तै ७५ वर्ष टेकेका ९ जना जेष्ठ नागरिकलाई र समाजमा तथा परिवारमा उत्कृष्ट काम गरिरहेका छोरी बुहारीहरुबाट १/१ जनालाई सम्मान गरिएको हो ।
त्यसका साथै कार्यक्रममा १५ सदस्यीय नयाँ कार्यसमितिको समेत चयन गरिएको छ । जसअन्तर्गत अध्यक्षमा डिल्ली राम मैनाली, उपाध्यक्षमा श्रप्रसाद मैनाली र अर्जुन मैनाली, सचिवमा राम प्रसाद मैनाली, सहसचिवमा कृष्ण कुमार मैनाली, कोषध्यक्षमा अनुसा मैनाली रहनुभएकोे छ । त्यस्तै सदस्यमा तुलसि प्रसाद मैनाली, लक्ष्मी प्रसाद मैनाली, यज्ञ प्रसाद मैनाली, लक्ष्मी मैनाली, सागर मैनाली, भगवती मैनाली, राम प्रसाद मैनाली र यशोदा मैनाली रहनुभएको छ ।

संस्थाका अध्यक्ष डिल्लीराम मैनालीको अध्यक्ष्यतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि पूर्व मन्त्री राधाकृष्ण मैनाली रहनुभएको थियो भने प्रदेश सभा सदस्य श्रिप्रसाद मैनाली र केन्दीय उपाध्यक्ष मिनप्रसाद मैनाली विशिष्ट अतिथि रहनुभएको थियो । सूर्योदय टेलिभिजनकी प्रबन्ध निर्देशक बिष्णु उप्रेती मैनाली, सामाजीक व्यक्तित्व छविलाल सिटौला लगायतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव राम प्रसाद मैनालीले गनुभएको थियो ।





