पीपीएलमा आज काठमाडौं र विराटनगर भिड्दै


५ पुष २०७६, शनिबार ११:३९ मा प्रकाशित

काठमाडौं । पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा आज (शनिबार) मात्र एक खेल हुनेछ ।

लिग चरणको खेलमा काठमाडौं गोल्डेन वारियर्सले विराटनगर टाईटन्ससँग प्रतिस्पर्धा गर्नेछ । खेल पोखरा रंगशालामा साढे ११ बजे शुरु हुनेछ । सुरुवाती तीन खेलमा मात्र एक जित निकालेको काठमाडौंलाई अघिल्लो चरण प्रवेशका लागि जित निकाल्नै पर्ने दबाब छ ।

पहिलो खेलमा पोखरा पल्टनसँग हारेको काठमाडौं दोस्रो खेलमा बुटवल ब्लास्टर्ससँग पराजित बनेको थियो । तेस्रो खेलमा धनगढी एक्सपर्टलाई हराएर राहत महशुश गरेको काठमाडौंलाई अघिल्लो चरण प्रवेशको सम्भावना जिवित बनाउन जित निकाल्नै पर्ने दबाब छ ।

काठमाडौं ३ खेलबाट २ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । विराटनगर समेत दोस्रो जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना सहज बनाउन चाहन्छ । धनगढीसँग पहिलो खेल गुमाएपनि साविक विजेता पोखरालाई हराएर विराटनगरले प्रतियोगितामा उत्कृष्ट पुनरागमन गरेको थियो । विराटनगर दुई खेलमा एक जित निकाल्दै तालिकाको चौथो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here