टर्कीका पूर्वप्रधानमन्त्री अहमद दाभुटोग्लुद्वारा नयाँ पार्टी स्थापना


२८ मंसिर २०७६, शनिबार १५:३९ मा प्रकाशित

टर्की । टर्कीका पूर्वप्रधानमन्त्री अहमद दाभुटोग्लुले नयाँ पार्टी स्थापना गरेका छन् ।

हाल सत्तारूढ दल ‘जस्टीस एण्ड डेभ्लभमेन्ट (एकेपी) का अध्यक्षसमेत रहेका डोभुटोग्लुलाई गत सेप्टेम्बरमा अनुशासनसम्बन्धी कारबाही भएपछि उनले सो पार्टी परित्याग गरेका थिए । त्यसपछि हालै मात्र नयाँ पार्टी खोलिएको उनले घोषणा गरेका हुन् । सो नयाँ पार्टीको नाम ‘फ्युचार’ रहेको डाभुटोग्लुले शुक्रबार घोषणा गरेका हुन् । “यो फ्युचार पार्टी देशकै फ्युचर हो, टर्कीकै भविष्य हो,” पार्टी घोषणा समारोहमा उनले भने ।

विरोध, आलोचना, डर र दबावकाबीच नयाँ पार्टी घोषणा भएको पनि उनले बताए । देशलाई सुन्दरलाई बनाउनको लागि एकजुट भएर काम गर्ने पनि उनले प्रतिबद्धता व्यक्त गरेका छन् । पूर्वविदेशमन्त्रीसमेत रहेका डाभुटोग्लुले सन् २०१४ देखि २०१६ सम्म प्रधानमन्त्री बनेका थिए । उनी टर्कीको राष्ट्रपति रेसेप तायिप एर्डोगानको अतिनिकटको सल्लाहकार पनि भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here