झापा । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफई उपभोत्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि आज मतदान सम्पन्न भएको छ ।
मतदानमा जम्मा २ हजार ८ सय १२ मत खसेको निर्वाचन समिति संयोजक टंक उप्रेतिले जानकारी दिनु भयो । बिहान ८ बजेबाट सुरु भएको मतदान साँझ ४ बजेसम्म चल्ने भनियता पनि मतदाता आउने क्रम नसकिएका कारण करिब १ घण्टा लम्बिएको थियो । निर्वाचन समिति संयोजक उप्रेतिका अनुसार चुनाव शान्तिपूर्ण र मर्यादित ढङ्गमा सम्पन्न भएको हो । चुनावमा मतदान गर्न पाउने मतदाता संख्या भने ३ हजार ७ सय १३ जना रहेका थियो । सम्पन्न भएको मतदानकोे मत गणना बिहीबार बिहान ९ बजेबाट गर्ने निर्वाचन समितिको तयारी छ । नेतृत्व चयनका लागी भएको निर्वाचनमा मतदानका लागि ६ वटा बुथ निर्माण गरिएको थियो ।
मतदान सम्पन्न भएको बिर्तामोड साना शहरी खानेपानी तथा सरसफई उपभोत्ता संस्थाको नेतृत्वमा संयुक्त प्रगतिशिल प्यालन र लोकतान्त्रीक समुहको प्रतिस्पर्धा रहेको छ । संयुक्त प्रगतिशिल प्यालन तर्फबाट नेकपा विर्तामोड नगरकमिटि अध्यक्ष ज्ञानुराम प्रसाई र लोकतान्त्रीक समुह तर्फबाट बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोत्ता संस्थाको निर्वतमान अध्यक्ष जलकुमार गुरुङ अध्यक्ष पदको लागि प्रतिस्पर्धामा रहनुभएको छ । प्रगतिशील प्यानलका तर्फबाट अध्यक्षमा प्रसाईसंगै उपाध्यक्षमा बुद्धिप्रसाद घिमिरे, सचिवमा जनबहादुर जेवेगु, कोषाध्यक्षमा कमलप्रसाद पौडेल रहनु भएको छ ।
त्यस्तै पुरुष सदस्यमा शंकरराज ढुङ्गेल र श्रीप्रसाद सिटौला रहनु भएको छ भने महिला सदस्यमा हिमा प्रसाई र सिता सापकोटा पौडेल रहनु भएको छ । त्यस्तै नेपाली कांग्रेस तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त लोकतान्त्रीक समुहका तर्फबाट अध्यक्ष पदमा जलकुमार गुरुङ, उपाध्यक्षमा पर्शुराम सिटौला, सचिवमा मेघराज बास्तोला र कोषाध्यक्षमा सारदा रिजाल प्रतिस्पर्धामा रहनु भएको छ । सदस्यहरुमा पुरुषतर्फ देवेन्द्र सिटौला र पारस मैनाली तथा महिलातर्फ बाला खरेल, माया प्रधान खड्गी र सिता भट्टराई काफ्ले रहनु भएको छ ।