भोजपुरमा दुई वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी


२५ मंसिर २०७६, बुधबार १४:१० मा प्रकाशित

भोजपुर । भोजपुरमा दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेका छन् ।

रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा–३ च्याङ्ग्रेको वडा कार्यालयमा मंगलबार राति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । पौवादुङमा–३ च्याङ्ग्रेको वडा कार्यालयमा मट्टीतेल छर्केर कागज पत्र, कुर्सी, फर्निचर, लगायतका सामग्रीमा आगजनी भएको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन् । वडा कार्यालयको ढोका ह्याक्सोले काटिएको छ ।

यता, रामप्रसाद राई गाउँपालिका वडा–२ को कार्यालय भने पूर्णरूपमा ध्वस्त रहेको स्थानीयले बताएका छन् । घटनाको जानकारी पाउनासाथ प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनाको विषयमा थप जानकारी आउन बाँकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here