सागको आज अन्तिम दिन,विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुँदै


२४ मंसिर २०७६, मंगलवार ०८:१४ मा प्रकाशित

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आज अन्तिम दिन । विभिन्न ५ खेलमा प्रतिस्पर्धासहित औपचारिक समापन हुँदै छ ।

सागको १० औं दिन समापन समारोहसहित काठमाडौं ५ खेलमा प्रतिस्पर्धा हुनेछ ।सागको समापन समारोह ५ बजेपछि शरु हुने जनाईएको छ । सागमा आझ फुटबल,बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको प्रतिस्पर्धा हुनेछ ।आजका सबै खेल काठमाडौंमा हुने छन् ।पुरुष फुटबलको स्वर्ण पदकको लागि नेपाल र भुटानबीच खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भुटानबीचको फाइनल खेल अपरान्ह ३ बजे हुनेछ ।

बास्केटबलको फाइनल खेल आज हुनेछ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा पुरुष बास्केटबलमा भारत र श्रीलंकाबीचको फाइनल खेल अपरान्ह १ बजे हुनेछ । महिला बास्केटबलमा नेपाल र भारतबीचको फाइनल खेल अपरान्ह ३ स् ३० बजे शुरु हुनेछ ।महिला बास्केटबलमा भुटान र माल्दिभ्सबीच तथा पुरुष बास्केटबलतर्फ नेपाल र बंगलादेशको तेश्रो स्थानको खेल हुनेछ ।

बक्सिङमा अन्तिम दिन ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल अपरान्ह १ बजेदेखि शुरु हुनेछ ।जुडोमा आज १ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेल हुने खेलहरु बिहान ९ बजेदेखि शुरु हुनेछ । फाइनल खेल भने अपरान्ह १२ः३५ मा शुरु हुनेछ ।

स्क्वासको टिम स्पर्धाको फाइनल खेल आज हुनेछ । जसमा पाकिस्तान र भारतले महिला र पुरुष दुवै टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।पुरुषतर्फ कांस्य पदकका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्नेछ । महिलातर्फ श्रीलंका र नेपालले कास्यको लागि खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here