झापाको दमकमा दुई वर्षीय एक बालकको डुबेर मृत्यु


२३ मंसिर २०७६, सोमबार १८:४९ मा प्रकाशित

झापा । झापाको दमकमा सोमबार अपरान्ह दुई वर्षीय एक बालकको डुबेर मृत्यु भएको छ ।

दमक वडा नं. १ स्थित खरायो कटेज नजिक रहेको माछा पोखरीमा आफ्ना बुवा किरण थापासँग गएका बालक आइस थापाको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । दमक २ निवासी मृतकका बुवा किरणले काम गर्न सँगै लिएर गएको र कामको शिलशिलामा पोखरीमा थाहै नपाई पसेर बालकको मृत्यु भएको प्रहरी निरीक्षक दलबहादुर राईले जानकारी दिए ।

पोखरीबाट तत्काल निकालेर दमकको लाईफ लाइन अस्पताल ल्याउँदा बालकको ज्यान गइसकेको थियो । बालकको लाश पोष्ट मार्टम नगर्ने भन्दै मृतक बालकका आफन्तले लाइफ लाइन अस्पतालबाट प्रहरीले रोक्न खोज्दा समेत लाश उठाएर लगेका छन् । यस अघि पनि दमकको रतुवा खोलामा डोजरले खनेर खाल्डो बनाएको दहमा पौडी खेल्ने क्रममा डुबेर गत मंसीर ७ गते दुई बालकको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here