नेपाल फोटो पत्रकार महासंघ झापाको अध्यक्षमा विनोद पाण्डे चयन


२३ मंसिर २०७६, सोमबार १८:४१ मा प्रकाशित

झापा । नेपाल फोटो पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा विनोद पाण्डे चयन भएका छन् ।

शाखाको पहिलो अधिवेशनले पाण्डेको नेतृत्वमा ९ सदस्य नेतृत्व चयन गरेको छ । समितिको उपाध्यक्षमा इन्द्रजीत मुखिया, सचिव विष्णुप्रसाद लामिछाने, सह–सचिवमा प्रकृति न्यौपाने र कोषध्यक्षमा शरद जोशी चयन भएका छन् । त्यस्तै समितिको सदस्यहरुमा अमित खम्बु, भारती राई, धर्मराज प्रसाई चयन भएका छन् । समितिको दुई सदस्य पछि मनोनयन गरिने बताइएको छ ।

संस्थापक अध्यक्ष सिद्धर्थ नवीन उप्रेतीको अध्यक्षतामा भएको अधिवेशनमा नेपाल फोटो पत्रकार महासंघ केन्द्रिय उपाध्यक्ष सागर श्रेष्ठ, महासचिव हरि रेग्मी, प्रदेश–१ का अध्यक्ष वेदराज पौडेल लगायतको आतिथ्यता रहेको थियो । अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो । दुई वर्षे कार्यकालका लागि निर्वाचित अध्यक्ष पाण्डेले झापाका फोटो पत्रकारहरुको व्यवसायीक क्षमता अभिवृद्धि गर्नुका साथै दक्ष फोटो पत्रकार बनाउने बताए ।

उनले फोटो पत्रकारिताको व्यवसायिक विकासका लागि सबैसंग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् । फोटोपत्रकारिता मार्फत स्थानीय तहसंग सहकार्यगर्दै पर्यटन वर्षलाई सफल बनाउन विशेष भूमिका निर्वाह गर्न सबै फोटो पत्रकारहरु एक जुट भएर लाग्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here