जुडोमा देविकाले पाइन् नेपालका लागि ४४ औं स्वर्ण सूर्योदय संवाददाता २२ मंसिर २०७६, आईतवार १६:५७ मा प्रकाशित काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागको जुडोमा नेपालले स्वर्ण हात पारेको छ । जुडो की देविका खड्काले ५२ केजी तौल समूहमा स्वर्ण पदक हात पारेकी हुन् । यससँगै जारी सागमा नेपालको स्वर्ण संख्या ४४ पुगेको छ ।