ग्यास लिक भएर आगलागी हुँदा एक वृद्धको मृत्यु


२२ मंसिर २०७६, आईतवार १३:५८ मा प्रकाशित

विराटनगर । विराटनगर–२ शनिहाटमा शनिबार राति ग्यास लिक भएर आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ७० वर्षीय जेष्ठ नागरिक जयप्रसाद दाहाल छन् । काठमाडौं बसोबास गर्दै आएका उनी केही दिनअघि विराटनगर आएका थिए । एक्लै बस्दै आएका उनी आइतबार बिहान जलेको अवस्थामा मृत भेटिएका हुन् । घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धानका लागि एक जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिइजूका अनुसार ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक अनुमान रहेको र घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए । घटनास्थलमा ग्यासको पाइप जलेको अवस्थामा कोशी ग्यासको सिलिण्डर छ । आइतबार बिहान दाहाललाई भेट्न राधेश्याम दराक आएका थिए । जयप्रसादले ढोका नखोलेपछि छिमेकी बोलाएर हेर्दा जलेको अवस्थामा शव भेटिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here