साग : आज १९ खेलमा प्रतिस्पर्धा हुँदै


२० मंसिर २०७६, शुक्रबार ०८:३४ मा प्रकाशित

काठमाडाैं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)  मा आज विभिन्न १९ खेलमा प्रतिस्पर्धा हुँदैछ। सागको छैठौं दिन काठमाडौं, पोखरा र जनकपुरमा गरि कुल १९ खेलमा प्रतिस्पर्धा हुनेछ।

सागमा आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट,गल्फ, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती,बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ।जसमा ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुनेछ।

कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछन्। पदक तालिकामा भारतले ६२ स्वर्णसहित अग्रता बनाएको छ। ३६ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here