सुनसरी । धरान उपहानगरपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा नेकपाले जीत हात पारेको छ ।
शनिबार भएको उपचुनावमा नेकपाका जीवन सुवेदीले एक भोटको अन्तरले चुनाव जीतेका हुन् । नेकपा उम्मेदवार सुवेदीले ६ सय २२ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार सुवर्ण पालिखेले ६ सय २१ मत पाए । वडाध्यक्षमा जित्दा नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६ सय २१ मत प्राप्त गरेका छन् ।





