काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती-८ मा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार केदारनाथ आचार्य विजयी भएका छन् । उनले ७ सय १२ मत ल्याएर विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसक अशोक तामाङले ४ सय ३९ मतमा चित्त बुझाए । राप्रपा संयुक्तबाट ढकबहादुर तामाङ १२ र राप्रपा नेपालकाले ३ मत मात्रै ल्याए भने ९ मत बदर भएको छ । उत्साहजनक रूपमा मतदान भएको मतदानमा ११७५ मत खसेको थियो । सो वडामा १४ सय ४ मतदाता थिए । वडाध्यक्ष धनबहादुर श्रेष्ठको मृत्यु भएपछि अहिले उपनिर्वाचन भएको हो । सिन्धुपाल्चोक जिल्लामा एक ठाउँमा मात्र उपनिर्वाचन भएको कारणले राजनीति दलको नेताको ध्यान इन्द्रावतीमै केन्द्रीत भएको थियो ।





