साग महिला भलिबल : सेमिफाइनलमा नेपाल र श्रीलंका खेल्दै


१४ मंसिर २०७६, शनिबार १०:४६ मा प्रकाशित

काठमाण्डौ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत शनिबार महिला भलिबलतर्फ सेमिफाइनलका खेल हुँदैछ ।

सेमिफाइनलमा नेपाली महिला टिमले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र श्रीलंकाबीचको खेल साँझ पाँच बजे सुरु हुनेछ । श्रीलंकालाई हराएको खण्डमा नेपालले भलिबलको इतिहासमा सबैभन्दा ठूलो सफलता हात पार्नेछ । नेपालले साग खेलकुदको महिला भलिबलमा कास्य पदकभन्दा ठूलो सफलता हात पार्न सकेको छैन ।

समूह चरणमा नेपालले बंगलादेशलाई हराएको थियो भने भारतसँग सोझो सेटमा पराजित भएको थियो । शनिबार नै हुने पहिलो सेमिफाइनलमा भारत र माल्दिभ्स खेल्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here