कास्कीका ३ मतदान केन्द्रमा बम विष्फोट, २० मिनेट मतदान रोकियो


१४ मंसिर २०७६, शनिबार १०:०९ मा प्रकाशित

कास्की । कास्कीका ३ स्थानमा बम विष्फोट भएको छ । अर्मला, बागमारा र नयाँबजारको नवप्रभाव विद्यालयको मतदान केन्द्रमै बम विष्फोट भएको छ ।

केन्द्रमै बम विष्फोट भएपछि मतदान स्थगित गरिएको छ । मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र विस्फोट भएको स्थानीयले बताएका छन् । बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान २० मिनेट रोकिएको थियो । अहिले अवस्था सामान्य भएको र मतदान सञ्चालन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले मतदानस्थल नजिकै बम विस्फोट भए पनि यसमा कसको संलग्नता छ भन्ने नखुलेको जनाएको छ । बम बिष्फोट गराउने व्यक्ति तथा समूहको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य निर्वाचनको पोखरा १७ स्थित पार्दी मावि केन्द्रमा मतदान गर्दै ज्येष्ठ नागरिक ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here