पोखराको अर्को मतदान केन्द्रमा पनि बम बिस्फोट


१४ मंसिर २०७६, शनिबार ०९:५३ मा प्रकाशित

पोखरा । पोखरा महानगरपालिका–९ मा रहेको नवप्रभात माविमा मतदान हुँदै गर्दा बम बिस्फोट भएको छ ।

यसअघि शनिबार बिहान करिब पौने ८ बजे वडा नम्बर १६ मा रहेको शान्ति मावि मतदान केन्द्र नजिकै बम विस्फोट भएको थियो । मतदान केन्द्रभन्दा केही टाढा विष्फोटको भएको प्रहरीले जनाएको छ । यी दुवै ठाउँमा मानवीय क्षति भने भएको छैन ।

मतदातालाई त्रसित गराउन विष्फोट गराएको भन्दै प्रहरीले निर्धक्क भएर मतदान गर्न अपिल गरेको छ। विष्फोटपछि सुरक्षा व्यवस्था झन् कडा बनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here