पाँचथरमा तिन निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदै


१४ मंसिर २०७६, शनिबार ०९:४८ मा प्रकाशित

पाँचथर । पाँचथरका तिन स्थानमा आज उपनिर्वाचन हुँदैछ । फाल्गुनन्द गाउँपालिकाको प्रमुख पदमा, फिदिम नगरपालिका वडा नम्बर १ को वडा अध्यक्ष र हिलिहाङ गाउँपालिका वडा नम्बर ७ को वडा अध्यक्ष पदमा चुनाव हुँदैछ ।

जिल्लामा १७ मतदान स्थल तोकिएको छ । पाँचथरमा मात्रै ३१ मतदान केन्द्र तोकिएको छ । जसमा १२ मतदान स्थललाई अति संवेदनशील, ३ वटालाई संवेदनशील, र २ वटालाई सामान्य भन्दै सुचिकृत गरिएको छ । जिल्लामा ९ दलका २१ उम्मेद्वारले प्रतिस्पर्धा गर्ने भएका छन् । जिल्लामा फिदिम नगरपालिकाको १ नम्बर वडा, हिलिहाङ गाउँपालिकाको ७ नम्बर वडा र फाल्गुनन्द गाउँपालिकामा उप–निर्वाचन हुन लागेको छ ।

तीन क्षेत्र मध्ये फाल्गुनन्द गाउँपालिकामा गाउँपालिकाको अध्यक्षका लागि निर्वाचन हुन लागेको हो भने अरु दुई क्षेत्रमा वडाध्यक्षका लागि निर्वाचन हुँदैछ । निर्वाचन हुने क्षेत्र मध्ये फिदिम १ मा ३ हजार ६ सय ७६ जना मतदाता छन् भने हिलिहाङ ७ मा २ हजार ६ सय मतदाता छन । त्यस्तै फाल्गुनन्द गाउँपालिकामा १६ हजार ५ सय ७७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

पाँचथरमा नेपाली काग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्च सहितका दलहरु बिच प्रतिश्पर्धा हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here