काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको खेलतालिका सार्वजनिक भएको छ । जसअनुसार उद्घाटन खेलमा मच्छिन्द्र क्लबले ब्रिगेड ब्वाइज क्लबसँग खेल्ने भएको छ ।
यस्तै, साविक विजेता टोली मनाङ मर्स्याङ्दी क्लबले आफ्नो पहिलो खेल विभागीय टीम एपीएफसँग खेल्ने भएको छ । १४ टोली सहभागी लिगमा थ्री स्टार क्लबले आफ्नो पहिलो खेल जावलाखेल युथ क्लबसँग खेल्ने छ भने विभागीय टोली आर्मीले आफ्नो पहिलो खेल फ्रेन्ड्स क्लबसँग खेल्ने छ ।
१४ क्लबले १३–१३ खेल खेल्नेछन्। जसमा जम्मा ९१ खेल हुनेछन् । उद्घाटन खेलको दिन एक खेल मात्रै हुनेछ भने अन्य दिन दिनको २–२ खेल हुनेछन् । लिग मंसिर २८ गते शरु हुनेछ । लामो समयपछि यो संस्करणमा लिग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फर्किनेछ । अघिल्लो वर्ष लिग एन्फा मैदान र हलचोकस्थित एपीएफको मैदानमा भएको थियो ।





