काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकता, भौगौलिक अखण्डताको रक्षा आवेग र उत्तेजनाबाट हुन नसक्ने बताएका छन् ।

नेपाल–चीन मिडिया फोरमले काठमाडौमा गरेको कार्यक्रममा उनले यसका लागि सबै एकजुट हुनु पर्ने आवश्यकता औंल्याए । उनले उत्तेजना र आवेगमा नआई राष्ट्रिय एकताकासाथ अगाडि बढ्न सबैमा आह्वान गरे । सीमा विवाद वार्ता र संवादबाट समाधान गरी आफ्नो भूमिको रक्षा गर्नु पर्ने उनको भनाइ छ ।





