बालाचतुर्दशी पर्व मनाईदै


९ मंसिर २०७६, सोमबार ०७:१२ मा प्रकाशित

झापा ।   आज बालाचतुर्दशी पर्व । दिवङ्गत पितृका नाममा विहान सबेरै देखि शतबीज छरेर मनाइँदैछ ।

सतविज छर्न हजारौँ भक्तजन झापाको अर्जुनधारा तथा सताक्षीधाम पुगेका छन् ।शतवीज छर्नका लागी चर्तुदशी भन्दा एकदिन अगाडिनै अर्थात त्रयोदशीकै दिन राती जाग्राम वसेर दिप प्रज्वलन गर्दै भजन किर्तन गरेर भोलीपल्ट विहानै स्नान गरी चोखोनितो बनेर मात्र शतवीज छर्ने प्रचलन छ ।

यसरी पृथ्वीलोकमा छरिएको शतवीज चाँही पितृहरुको लोकमा गएर अकुंरण हुने र यिनै विजकाकारणले पितृहरु कहिल्यै भोकै बस्न नपर्ने मान्यता छ ।काठमाडौको पशुपतिनाथ,सुनसरीको चतरा,बराहक्षेत्र, झापाको अर्जुनधारा, सताक्षीधाम लगायतका स्थानहरुमा शतबीज छरी बालाचतुर्दशी पर्व मनाईदै छ। सप्तबीजमा (धान,जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्ने चलन छ । यसो गर्नाले पितृलाई अन्नको कमी नहुने र उनीहरूले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here