न्यूरोडबाट सात जुवाडे पक्राउ, ६ लाख ५० हजार बरामद


८ मंसिर २०७६, आईतवार ११:२० मा प्रकाशित

काठमाडौँ । प्रहरीले काठमाडौंको न्यूरोडबाट ७ जना जुवाडेलाई पक्राउ गरेको छ ।

शनिबार राति न्युरोडको रंजना गल्लिको एउट घरबाट उनीहरुलाई पक्राउ गरिएको हो । प्रहीरीले उनीहरुको साथबाट ६ लाख ५० हजार रुपैंया नगद बरामद गरेको जानकारी दिएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौँका प्रदीप श्रेष्ठ ,रमेश थापा,रबिन तामाङ्ग ,सरुन तामाङ्ग,सुशीला श्रेष्ठ रहेका छन् ।

त्यस्तै,काभ्रेका चन्द्र लामा र ओखलढुङ्गाका कुमार केसी पनि पक्राउ परेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । केही समयदेखि त्यहाँ चन्द्र लामाले जुवाको अड्डा सञ्चालन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here