चितवन । चितवन मेडिकल कलेजको होस्टेलबाट सबै विद्यार्थी बाहिरिएका छन् । भरतपुर महानगरपालिका–५ कैलाशनगरस्थित होस्टेलका करिब ३०० भन्दा बढी विद्यार्थीहरु शनिबार राति ९ बजे एकैसाथ बाहिरिएका हुन् ।
होस्टेललाई दिउँसोदेखि नै प्रहरीको टोलीले घेरेपछि असुरक्षा भएको भन्दै सबैजना बाहिरिएको विद्यार्थीले जानकारी दिए । शनिबार उनीहरु भरतपुरका विभिन्न होटलमा बस्न गएका थिए । होस्टेल परिसरमा पेस्तोल फेला परेपछि प्रहरीले होस्टेल भित्र खानतलासी प्रयास गरेको थियो । विद्यार्थीहरुले करिव २ घण्टासम्म नारावाजी गर्दै होस्टेल भित्र प्रहरी प्रवेश रोकेका थिए ।
गोलीसहितको पेस्तोल फेला परेको प्रहरीले दाबी गरेको छ । उता विद्यार्थीहरुले भने जायज मागसहितको आन्दोलन दबाउन सिएमसी र प्रहरीले षड्यन्त्र रचेको आरोप लगाएका छन् ।





