अर्काको एक इन्च भूमि हामीलाई चाहिएको छैन : प्रचण्ड


७ मंसिर २०७६, शनिबार १९:३२ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको भूमि कसैको लागि एक इन्च पनि छोड्न नसकिने बताएका छन् ।

उपनिर्वाचनको प्रचारप्रसारका लागि चुनावी सभालाई सम्बोधन गर्न बागलुङको बुर्तिवाङ जाने क्रममा गुल्मीको मुसिकोट नगरपालिकाको स्वागत कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्रिय एकताको सन्देश दिँदै सरकारले राजनीतिक र कूटनीतिक प्रयास सुरु गरेको बताए । कालापानी, लिपुलेक, लिम्पियाधुरा महाकाली पूर्वको भू भाग नेपाल हो । सुघौली सन्धिको बेलाको मान्यताको अतिक्रम भएको छ, जुन हामीलाई मान्य छैन, हामी एक इन्च भूमि कसैलाई छोड्न सक्दैनौँ र अर्काको एक इन्च भूमि हामीलाई चाहिएको छैन प्रचण्डले भने । प्रचण्डले राज्यको गुणात्मक परिवर्तन भइरहेको भन्दै नयाँ संरचना भएकोले केही समय लागेको तर अब विकासमा अगाडि बढ्न लागेको बताए ।

७० वर्षपछि नेपाली जनताले स्थिर सरकारको पाएको भन्दै तीन वर्षमा विकासले फड्को मार्ने बताए । हालै पार्टीको कार्यकारी अध्यक्ष बनेका प्रचण्डले तत्कालै स्थायी समितिको बैठक बसी देशव्यापी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरे । कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेललगायतको सहभागिता रहेको थियो ।

स्वागतको लागि मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा, ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली, बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजालगायत पार्टी नेता कार्यकर्ताको पनि सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here