काठमाडौं । नयाँ मन्त्री चयन चर्चासँगै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य ईश्वर पोखरेल उपस्थित छैनन् । मध्यान्ह साढे १२ बजे बोलाइएको बैठक पौने १ मा सुरु भएको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा पार्टीका सांगठनिक गतिविधि विस्तार तथा विधान संशोधनका विषयहरु मुख्य एजेण्डामाथि छलफल बताएका छन् ।
आजको सचिवालयमा समयदेखि बस्न नसकेको स्थायी कमिटी बैठक बोलाउनेबारेमा सचिवालय बैठकमा छलफल हुने श्रेष्ठले जानकारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु हेरफेर गर्न लागेपछि त्यसैबारेमा पनि बैठकमा छलफल हुने बताइएको छ । बैठकमा बाहिरिने मन्त्री र नयाँ मन्त्रीबारे नेकपाले निर्णय लिनेछ ।





