कालापानीबाट विदेशी सेनालाई फिर्ता पठाउने प्रधानमन्त्री ओलीको दाबी


१ मंसिर २०७६, आईतवार १८:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् ।

नेकपाको भ्रातृ संगठन युवा संघले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले नेपाली भूमिबाट विदेशी सेनालाई फिर्ता पठाउने दाबी गरे । उनले नेपाल भारत सरकारसँग संवाद गर्न सक्ने हैसियतमा रहेको भन्दै संवादबाट समस्या समाधान गर्न सकिने बताए ।

उनले सिमाना अहिले आएर नमिचिएको भन्दै यसअघिका शासकको कमजोरीका कारण मिचिएको भूभाग फिर्ता लिन अहिलेको सरकार सक्षम रहेको बताए । उनले कालापानीमा भारतीय सेना अघिल्लै शताब्दीमा बसेको समेत उल्लेख गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here