प्रधानमन्त्री ओलीसँग सचिन तेन्दुलकरले गरे भेट


१ मंसिर २०७६, आईतवार १५:०६ मा प्रकाशित

काठमाडौं । नेपाल भ्रमणमा आएका प्रख्यात भारतीय क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन् ।

ओलीलाई भेट्न तेन्दुलकर आइतबार बालुवाटार पुगेका थिए । युनिसेफको ब्रान्ड एम्बेसडरका रुपमा तेन्दुलकर अस्ति ९शुक्रबार० नेपाल आएका हुन् । उनले शनिबाबार त्रिवि क्रिकेट मैदानमा बालबालिकाहरुसँग क्रिकेट पनि खेलेका थिए । आज बिहान उनी पशुपति मन्दिर दर्शन गर्न पुगेका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा तेन्दुलकरले बालबालिकाहरुको कल्याण र अधिकार प्रवर्द्धनमा नेपाल सरकारले गरेको प्रयासको सह्राहना गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here