धनगढी विमानस्थल आजदेखि एक महिना आशिंक रुपमा मात्रै सञ्चालन हुने


१ मंसिर २०७६, आईतवार ११:४२ मा प्रकाशित

धनगढी । धनगढी विमानस्थल सञ्चालनमा आज देखि अवरोध हुने भएको छ ।

आजदेखि एक महिनासम्म विमानस्थल आशिंक रुपमा मात्रै सञ्चालन हुने भएको हो । विमानस्थलको धावनमार्ग मर्मत तथा स्तरबृद्धिको लागि एक महिना विमानस्थल आंशिकरुपमा सञ्चालन हुने भएको विमानस्थलले जनाएको छ । यससँगै आइतबारदेखि दिउँसो तीन बजेपछि हुने सम्पूर्ण उडान एक महिनासम्म बन्द हुनेछन् ।

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाका अनुसार आइतबारदेखि दिउँसो तीनदेखि ७ बजेसम्म एक महिना विमानस्थल बन्द रहने बताए । उनका अनुसार गत जेठमा १८ सय मिटरमध्ये चार सय २० मिटर धावन कालोपत्रे गर्ने काम तथा पार्किङ क्षेत्रमा काम बाँकी रहेको हुँदा सो कार्यलाई पूरा गर्न विमानस्थल आंशिक रुपमा बन्द गर्नु परेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here