दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ सुकौरामा थारु राजा दंङगीशरणको पूर्णकद राखिने भएको छ ।
१६औं शताब्दीतिर दंगीशरण थारु राजाले सुकौराको दरबारबाट राज्य संञ्चालन गरको इतिहासकारहरुले दावी गरेका छन् । प्रदेश नम्वर ५ उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयको २५ लाखको बजेटमा राजा दंङगीशरणको शालिक स्थापन गर्ने मन्त्रालयका सूचना अधिकारी शेषदत्त चौधरीले जानकारी दिए । चालु आर्थिक बर्षको उक्त बजेटले यसै बर्ष भित्र शालिक निर्माण गर्ने गरी तयारी भएको उनले बताए ।
मन्त्रालयका भू–संरक्षण अधिकृत चौधरी र मन्त्रालयका सहायक बन अधिकृत बलराम पोख्रेलसहितको दुई सदस्यीय मन्त्रालयको टोलीले आज मंगलबार सुकौरामा सर्वपक्षीय बैठक पनि सम्पन्न गरेको छ । सुकौरास्थित दङगीशरण राजाको दरवार भएको स्थान वा हाल संग्रालय भएको स्थानमा शालिक राख्ने बारेमा छलफल हुने छ । वडा नम्वर ११ का अध्यक्ष चित्रबहादुर वलीको अध्यक्षतमा भएको सर्वपक्षीय बैठकमा ४० बढी स्थानीयहरुको सहभागिता थियो ।
कार्तिक २२ गते दाङ आई पुगेको उक्त टोलीले प्रदेश सरकारले ५० लाख बजेट दिएको दङगीशरणको चखौरा,धारापानी,प्रदेश मन्त्रालयको बजेट तर डिभिजन वन कार्यालय देउखुरी मार्फत संञ्चालन भएका देउखुरीका रिहार,जखेरा,देवीस्थान सामुदायिक बन लगायतका स्थानको अनुगमन समेत गरी भोली २७ गते प्रदेश मन्त्रालयमा फर्कने छ ।





