रौतहटको मठिया प्रहरी चौकीमा विष्फोट


२६ कार्तिक २०७६, मंगलवार १५:०६ मा प्रकाशित

रौतहट । रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विष्फोट भएको छ ।

घटनामा एक प्रहरी जवान घाइते भएको जनाइएको छ । एक भारतीय नागरिक पनि पक्राउ परेका छन् । रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले घटनाबारे सूचना प्राप्त भए पनि पुष्टि भइनसकेको बताए । उनले भने, ‘चौकी सीमा क्षेत्रमा पर्छ । सञ्चार सेटमा सूचना आएको छ । थप विवरण लिने प्रयास गरिरहेका छौं ।’ घटनास्थलतर्फ जिल्लाबाट थप मद्दतको टोली पनि पठाइएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here