रौतहट । पहिलो संविधान सभाको निर्वाचनमा बम विष्फोट गराएको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमको समर्थनमा गौरमा फेरि लुजुस निस्किएको छ ।
जिल्ला अदालत गौरमा आलममाथि थुनछेक बहस चलिरहँदा उनका सर्मथकहरुले दोश्रो पटक मौन जुलुस निकालेका हुन् । नेता आलमको निर्शत रिहाइको माग गदै मौन जुलुस लिकालिएको जुलुशमा सहभागी नेपाली कांग्रेसका महाअधिवेशन प्रतिनिधि मुकेश गिरीले बताए । बिपी चोकबाट निस्केको जुलुशले जिल्ला अदालत हुदै गौर भन्सार पुगेर टुंगिएको गिरीले जानकारी दिए ।
यसअघि पनि यसैगरी मौन जुलुश निकालिएको हो । नेपाली कांग्रेसको केन्द्रीय तहका नेताहरुले कानुनलाई सहयोग गर्न भनेपछि यहाका नेता कार्यकर्ताले २ पटक गौरमा मौन जुलुस प्रर्दशन गरेका हुन् । गत २०६४ चैत्र २७ गते रौतहटको राजपुरमा बम विष्फोटको मुख्य नाइके भन्दै १२ वर्षपछि रौतहट प्रहरीले गत असोज २६ गते आलमलाई गौरबाट पक्राउ गरेको थियो । उनीमाथि विस्फोटका घाइतेलाई इँटाभट्टामा जिउँदै हालेर मारेको गम्भीर आरोप छ।





