आइसिसका तत्कालीन नेता बग्दादीकी दिदी टर्कीको नियन्त्रणमा


१९ कार्तिक २०७६, मंगलवार १३:५० मा प्रकाशित

काठमाडौं । इस्लामिक स्टेट (आइसिस)का तत्कालीन प्रमुख अबु बकर अल बग्दादीकी दिदीलाई टर्कीले उत्तरी सिरियाबाट पक्राउ गरेको छ ।

सोमबार टर्कीले बग्दादीकी दिदी ६५ वर्षीय रसमिया अवदलाई उत्तरी सिरियाबाट पक्राउ गरेको हो । उनीसँगै उनका श्रीमान र बुहारीलाई पक्राउ गरी टर्कीले अनुसन्धान थालेको छ । उनीहरु पक्राउ परेसँगै टर्कीले आइसिसबारे गोप्य कुरा थाहा पाइने दावी गरेको छ । उनका ५ भाइ र थुप्रै बिहिनीहरु रहेको न्युयोर्क टाइम्सले जनाएको छ ।

बग्दादी शनिबार २६ अक्टोबरमा अमेरिकी सेनाद्वारा मारिएका थिए । आइसिसले बग्दादीको मृत्यु भएको दाबी गर्दै नयाँ प्रमुख समेत चुनिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here