विद्यार्थीहरुकोे क्षमता प्रष्फुटन गर्न सहयोगी बन्यो सहारा सूर्योदय एक्स्टम्पर स्पिच


१८ कार्तिक २०७६, सोमबार १७:१२ मा प्रकाशित

देवी गौतम
अभ्यासले नै मानिसलाई पूर्ण बनाउछ भन्ने भनाईलाई चरितार्थ गर्दै ग्राण्ड फिनालीमा प्रवेश गरेको छ सहारा सूर्योदय एक्स्टम्पर स्पिच कन्टेस्ट २०७६ ।

प्रतिष्पर्धा आफैमा एउटा चुनैतीपूर्ण अभ्यास हो । त्यसमाथी वक्तृत्व प्रतियोगितामा आफुलाई अगाडी बढाईरहनु चानचुने कुरा होईन । सहारा सूर्योदय एक्स्टम्पर स्पिच कन्टेस्टमा माध्यमिक तहका विद्यार्थीहरुले जस्तो प्रकारका प्रस्तुति दिएका छन्, यसले आजका विद्यार्थी पाठ्यक्रममा मात्र सिमित छैनन् भन्ने कुराको महशुस गराएको छ । प्रदेश नं. १ का झापा, मोरङ र इलामका शिक्षा प्रमुखको सल्लाह, सुझााव र सिफारिसका आधारमा निजी र सामुदायिक विद्यालयको सहारा सूर्योदय एक्स्टम्पर स्पिच कन्टेस्ट २०७६ का प्रतिष्पर्धीहरु चयन गरिएको थियो । टेलिभिजनबाट कार्यक्रम प्रसारण हुने भएकाले सहभागी सम्पूर्ण विद्यार्थीलाई ओरियन्टेसन कार्यक्रम मार्फत प्रस्तुतिकरण शैलीहरुलाई कसरी अपनाउने भन्ने एक दिने सेमिनारको आयोजना गरिएको थियो ।

विद्यार्थीले जुन प्रकारको जिज्ञाशुपन सहितको सृजनशिलता यस कार्यक्रममा प्रस्तुत गरेका छन् । यस्ता कार्यक्रमले हामीलाई रियालिटीमा आधारित कार्यक्रम गर्न थप हौसला मिलेको छ । यस कार्यक्रमको मुख्य मापदण्ड भनेको प्रतिष्पर्धीको विषयवस्तुको ज्ञान, भाषाको दख्खलता र प्रस्तुतिकरणका आधारमा तय गरिएको थियो । सत्तरी भन्दा धेरै माध्यमिक विद्यालयले यस प्रतियोगितामा सहभागीता जनाउँदा झण्डै एक सय चालिस विद्यार्थीको सहभागिता रहेको छ । सूर्योदय टेलिभिजनले शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।

प्रतियोगितामा लामो समय शिक्षण पेशामा संलग्न रहनु भएका असोसिएट प्रोफेसर तथा वरिष्ठ संचारकर्मी सिरो सान्दाई ग्राण्ड मास्टरको भुमिकामा रहनु भएको छ भने बिबिसि नेपाली सेवाका वरिष्ठ संचारकर्मी उमाकान्त खनाल र मेची बहुमुखी क्याम्पस भद्रपुरकी उप–प्राध्यापक गायत्रा सुवेदी निर्णायकमा रहनु भएको छ । त्यसै गरि सूर्योदय टेलिभिनकी प्रबन्ध निर्देशक बिष्णु मैनाली उप्रेती र कार्यक्रम संयोजक देवी गौतमले सहजकर्ताको भुमिका निभाउनु भएको छ ।

त्यसो त प्रतिष्पर्धीले उत्तिनै खेर प्रस्तुत हुनु पर्दा कतिपयले खरोरुपमा प्रस्तुति दिएका थिए भने, कतिपयले आफुले सोचे अनुसारको प्रस्तुतिकरण नहुदा आत्मा ग्लानी समेत व्यक्त गरेका थिए । प्रतियोगिताको विभिन्न चरण पार गरेर ग्राण्ड फिनालीमा प्रवेश गर्न सफल पाँच प्रतिष्पधी सहित यो प्लाटफर्ममा आएर आफ्नो प्रस्तुति दिई सक्नु भएका सम्पूर्ण प्रतिष्पर्धी विद्यार्थीले अझ प्रगति गर्दै जान सक्ने क्षमता वृदि होस भन्ने हामी कामना गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here