प्रियंका गान्धीको फोन ह्याक, मोदी सरकारले जासूसी गरेको कांग्रेसको आरोप


१८ कार्तिक २०७६, सोमबार १६:३१ मा प्रकाशित

भारत । भारतीय कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धीको फोन ह्याक गरिएको दाबी गर्दै केन्द्र सरकारमाथि प्रश्न उठेको छ ।

आइतवार भारतीय कांग्रेसको तर्फबाट पत्रकार सम्मेलन गर्दै मोबाइल ह्याक भएको र फोनमा ह्वाट्सएपले ह्याक भएको म्यासेज पठाएको थियो । त्यस समय पार्टी महासचिव प्रियंका गान्धी वान्ड्राको पनि ह्वाट्सएपको माध्यमबाट यस्तो म्यासेज आएको थियो । हालै फेसबुकको स्वामित्व वाला मेसेजिङ एप ह्वाट्एपले बताएको थियो कि इजरायलमा बनेको एक स्पाइवेयरबाट दुनियभरका १ हजार ४ सय मानिसलाई निशाना बनाएको थियो जसमा भारतीय पत्रकार तथा मानवअधिकारकर्मी पनि थिए ।

ह्वाट्सएपले ति मानिसलाई म्यासेज पठाएको थियो जसको फोन पेगासस नामको जासूसी सफ्टवेयरबाट ह्याक हुने आशंका छ । कांग्रेस प्रवक्ता रणदीप सुरजेवालाले पनि ह्वाट्सएपले यस्तै खालको म्यासेज प्रियंका गान्धीलाई पठाएको बताए । आइतवारको पत्रकार सम्मेलनमा सुरजेवालाले सरकार यो प्रकरणमा सहभागी भएको आरोप लगाए । उनले केन्द्र सरकार र भारतीय जना पार्टीमाथि जासूसीको आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here