सहकारी आन्दोलनलाई अगाडी नबढाउने हो भने देशको आर्थिक विकास सम्भव छैनः प्रवत्ता श्रेष्ठ


१८ कार्तिक २०७६, सोमबार १८:३२ मा प्रकाशित

झापा । सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी अभिमुखि कार्यक्रम झापाको विर्तामोडमा सम्पन्न भएको छ ।

नेपाल सरकार तथा जनसंख्या मन्त्रालयको आयोजना र नेपाल बहुउदेश्यीय सहकारी संस्था र एक्सन नेपालको सह आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रा.डा. बिष्णु दत्त पौडेलले सूर्तिजन्य पदार्थको प्रयोगबाट हुने हानीका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै उनले सूर्तिजन्य पदार्थको अधिक्तम प्रयोग बढेसँगै क्यान्सरका कारण मृत्यु हुनेको संख्या पनि बढ्दै गरेको बताए । उनले सूर्तिजन्य पदार्थको प्रयोगबाट छातीको, फोक्सो तथा महिलाहरुमा स्तन क्यान्सर लगायतका रोग लाग्ने गरेका कारण यसको प्रयोग नगर्न र नगराउन समेत सबैलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेकपाका प्रवत्ता नेता नारायण काजी श्रेष्ठले सहकारी आन्दोलनलाई अगाडी नबढाउने हो भने देशको समृद्धि र आर्थिक विकासले सोचे अनुसार तिव्रता प्राप्त नगर्ने बताए । कार्यक्रममा नेपाल सरकार तथा जनसंख्या मन्त्रालयका उपसचिव पुष्कर नेपालले लागुऔषत दुव्यर्शन सम्बन्धी नियम तथा दफाका बारेमा समेत जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here