काठमाडौं । सरकारले सातवटै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गरेको छ ।
मन्त्रिपरिषदको आइतबार दिउँसो बसेको बैठकले सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेको हो । राष्ट्रपति कार्यालयले सातवटै प्रदेशका प्रमुख पदमुक्त भएको सूचना जारी गरेको छ । सातवटै प्रदेश प्रमुखलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।
जसप्रति वर्तमान नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकार सुरुदेखि नै रुष्ट थियो । कांग्रेसले निर्वाचनमा पराजय बेहोरेपछि नियुक्त गरेका प्रदेश प्रमुखलाई हटाउने नेकपाले त्यतिबेला अभिव्यक्ति दिएको थियो ।





