नेपालबाट ३ महिनामा २७ हजार किलो कफी निर्यात


१७ कार्तिक २०७६, आईतवार २१:०७ मा प्रकाशित

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले विश्वका ११ मुलुकमा झण्डै २७ हजार किलो कफी निर्यात गरेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार २६ हजार ८ सय ११ किलो कफी साउनदेखि असोज मसान्तसम्म नेपालबाट निर्यात भएको हो । आर्थिक वर्ष ०७५र७६ भरिमा ९ करोड ९६ लाख रुपैयाँ बराबरको कुल ८४ हजार १ सय ३१ किलो कफी नेपालबाट निर्यात भएको थियो । चालु आर्थिक वर्षको तीन महिनामा ३ करोड १३ लाख २३ हजार रुपैयाँको कफी निर्यात भएको विभागले जनाएको छ । नेपाली कफी क्यानडा, अमेरिका, जापान, ताइवान, बेलायत र यूरोपेली बजारसम्म पुगेका छन् । तीन महिनाको विवरणले भने यूरोप नै नेपाली कफीको मुख्य बजार भएको संकेत गरेको छ ।

आर्थिक वर्षको सुरुवाती तीन महिनामा नेपालले सबैभन्दा धेरै कफी जर्मनी निर्यात गरेको छ । यस्तै दोस्रो ठूलो बजार स्वीट्जरल्याण्डमा देखिएको छ । जर्मनीमा ९ हजार २ किलो र स्वीट्जरल्याण्डमा नेपालले ८ हजार किलो कफी साउनदेखि असोज मसान्तसम्म बिक्री गरेको थियो । यस्तै दक्षिण कोरियामा ४५ सय किलो, डेनमार्कमा २ हजार किलो, अमेरिकामा १३ सय ९३ किलो, फ्रान्समा ६ सय किलो कफी निर्यात भएको छ । क्यानडामा १ सय ३५ किलो, बेलायतमा ३ सय २० किलो, हङकङमा २ सय ७० किलो, जापानमा ५ सय ३६ किलो तथा ताइवानमा ५५ किलो कफी नेपालबाट निर्यात भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here