थुनछेक बहस सुरु हुनु अघि अदालतलाई महराले दिए लिखित बयान


१५ कार्तिक २०७६, शुक्रबार १४:०५ मा प्रकाशित

काठमाडौं । संघीय संसद्‌की कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोप लागेका पूर्वसभामुख तथा  (नेकपा) सांसद कृष्णबहादुर महराले थुनछेक बहस सुरु हुनु अघि अदालतमा लिखित बयान दिएका छन् ।

महराविरुद्द जबरजस्ती करणी प्रयास गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा बिहीबार मुद्दा दर्ता भएपछि थुनछेक बहसका लागि महरालाई अदालतमा हाजिर गराइएको हो । अदालतमा बहस सुरु हुनु अघि महरामाथि लागेको आरोपको विषयमा जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासमा वयान लिइएको छ। सरकारी वकिलको कार्यालयले बलात्कार प्रयासमा ५ वर्ष र आफू मातहतको कर्मचारीमाथि बलात्कार प्रयास भएकाले थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता गरेको छ ।

महराको बयानको सकिएपछि उनका पक्ष र विपक्षका वकिलहरुले थुनछेकको बहस गर्नेछन् । बहस सकिएको अवस्थामा शुक्रबार नै उनी पुर्पक्षका लागि थुनामा जाने, सामान्य तारेखमा छुट्ने अथवा धरौटीमा रिहा हुने भन्ने आदेश हुनेछ ।संसद् सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेपछि उनलाई गत असोज १९ मा पक्राउ गरेर प्रहरीले अनुसन्धान थालिएको थियो । असोज २८मा पहिलोपटक अदालत पुर्‍याएइका महरा अदालतकै अनुमतिमा हिरासतमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here