पाकिस्तानमा गुडिरहेको रेलमा आगो लाग्दा जनाको मृत्यु


१४ कार्तिक २०७६, बिहीबार १३:१२ मा प्रकाशित

काठमाडौं । पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा कम्तिमा ४६ जनाको मृत्यु भएको छ ।

कराँचीबाट रावलपिन्डीतर्फ जाँदै गरेको तेज गाम एक्सप्रेसको रेलको तीनवटा डिब्बामा आगो लाग्दा ४६ जनाको मृत्यु भएको हो । पाकिस्तानी अधिकारीहरुले मृत्युको पुष्टि गरेका छन् । घटनामा परी ४२ जना घाइते भएका छन् । पाकिस्तानी रेलमन्त्रीले रेलमा सवार यात्रुहरुसँग ग्यास सिलिन्डर रहेको सिलिन्डर विस्फोटपछि आगलागी भएको हुनसक्ने बताएका छन् ।

उनले आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको र घाइतेहरुलाई उपचारका लागि अस्पताल पु¥याइएको जानकारी दिएका छन् । प्रधानमन्त्री इमरान खानले घटनालाई दुःखद् भन्दै घाइतेहरुको उपचार सरकारले गर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here