काठमाडौं । अस्वस्थ भई ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक आज मृगौलाको डायलाइसिस गरिँदैछ ।
बुधबार प्रधानमन्त्री ओलीको पहिलो डायलाइसिस गरिएको अस्पताल स्रोतले जनाकारी दिएको छ । डायलाइसिस सकेर प्रधानमन्त्रीलाई केहीबेर आइसियुमा राखिएको थियो । साँझ भने उनलाई क्याबिनमा सारिएको थियो । प्रधानमन्त्रीको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलासिस गरिएको हो । पिसाब राम्ररी नभएर शरीरमा पानीको मात्रा धेरै भएको चिकित्सकले बताएका छन् ।
शरीरमा पानीको मात्रा धेरै भएपछि श्वासप्रश्वासमा कठिनाइ हुन्छ भने रगतमा पोटासियमको मात्रा धेरै बढ्यो भने मुटु ‘ब्लक’ हुने सम्भावना हुन्छ । दोस्रो डायलाइसिसले रगतमा रहेको हानिकारक तत्व थप कम गराउनेछ । स्वस्थ मिर्गौलाले रगतमा रहेका हानिकारक तत्व छान्ने काम गर्छ । बिरामी मिर्गौलाले छान्ने काम गर्न सक्दैन । त्यसैले पानी वा रगत हालेर डायलासिस मार्फत् रगतको विकार सफा गरिन्छ । प्रधानमन्त्री ओलीलाइ अस्पतालको १४औं तलामा राखिएको छ ।





