संखुवासभा । संखुवासभाको खाँदबारी–९ स्थित अरुण नदीको लम्सुवा घाटमा डुबेर २ बालिका बेपत्ता भएका छन् ।
पौडी खैल्न क्रममा खाँदबारी–९ बस्ने १२ बर्षिया बिनिता राई र १० बर्षिया दलकुमारी राई अरुण नदीमा डुबेर बेपत्ता भएको संखुवासभाका प्रहरी निरिक्षक टिका कार्कीले जानकारी दिए । बुधबार दिउँसो १ बजे पौडी खेल्ने क्रममा एकै घरका दुई दिदी बहिनी बेपत्ता भएका हुन् । चिचिला गाउँपालिका घर भई हाल खाँदबारी नगरपालिका–९ तुम्लिङटार बस्दै आएका थिए । घर देखि पानी लिन लाचे धारा गएका दुई दिदी बहिनी भाईहरु सँग पौडी खेल्न भन्दै बुधबार दिउँसो अरुण नदी पुगेको बताइएको छ । दुई दिदी बहिनीको खोजी नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयवासीले खोजी गरिरहेको प्रहरी निरिक्षक कार्कीले जानकारी दिए ।
त्यस्तै अरुण नदीको कात्तिके घाटमा एक महिला बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा भोजपुर षडानन्द नगरपालिका–५ की २१ बर्षीया श्रीमती ललितला बिक रहेको इलाका प्रहरी कार्यालय भोजपुर दिंङलाले जनाएको छ । बिक अरुण नदीको कात्तिके घाटको पुल बाट हाम्फालेर एक महिला वेपत्ता भएकी हुन् । षडानन्द नगरपालिका–५ चिउरीबोटे बाट संखुवासभाको खाँदबारी नगरपालिका–१० आउदै गरेकी बिक अरुण नदीमा हामफालेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रमुख अमतलाल माझीले जानकारी दिए । ललिता श्रीमान छोरा सहित माइती घर जाने क्रममा बधबार पुलबाट हाम्फालेकी थिइन् । उनको खोजी भइरहेको प्रहरीले जनाइको छ ।





