चुरोट सल्काउँदा आगो लागेर वृद्धाको मृत्यु


१३ कार्तिक २०७६, बुधबार १७:४१ मा प्रकाशित

काठमाडौं । आगलागी हुँदा काठमाडौं महानगरपालिका–१३ टंकेश्‍वरमा एक वृद्धाको मृत्यु भएको छ ।

चुरोट सल्काउने क्रममा पर्दामा आगो सल्किँदा सिन्धुपाल्चोक सानोसिरुवारी नगरपालिका घर भएकी ७८ वर्षीया धनमाया श्रेष्ठको आगलागीमा परी मंगलबार राति मृत्यु भएको हो । आगलागीमा जलेर गम्भीर घाइते भएकी उनको शहीद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै दैलेखको नौमुले गाउँपालिका–६ गोगनपानी बस्ने प्रेमबहादुर थापाको घरमा दीपावलीको लागि मैनबत्ती बाल्ने क्रममा मंगलबार राति आगलागी हुँदा उक्त आगोमा जलेर ४ वर्षीया ईश्वरी थापाको मृत्यु भएको छ । आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

उता मोरङको केराबारी गाउँपालिका–१ सेल्डिङमा ४९ वर्षीया हस्तमाया मगरको घरमा मंगलबार राति आगलागी हुँदा सोही आगलागीमा जलेर उनको मृत्यु भएको छ । आगलागीबाट घर, घरभित्रका सम्पूर्ण सरसामान जलेर करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here